प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनाएका हौँ : माधव नेपाल
बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । आज बुटवलमा हुने मोर्चाको भेलालाई सम्बोधन आएका नेपालले भैरहवा पत्रकारसँग कुरा गर्दै नेपालले वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको बताएका हुन् ।
संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको अध्यक्ष नेपालको भनाई छ । उनले अहिले मुलुकमा बिचौलिया, दलाल पुँजीपतिहरू हाबी भएकोले देशमा आर्थिक सङ्कट पैदा भएको टिप्पणी गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक जस्ता समस्याहरूको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए ।
नेपालले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताए । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय धरानमा सामाजिक सद्भाव बिथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काबीच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण