मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

मङ्गलबार, १२ भदौ २०८०, १५ : ०१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण  कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् ।

महामन्त्री थापाले कांग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरे । उनले यो विधेयकको भारी बिसाउन र हटाउन कानूनमन्त्रीलाई आग्रह गरे । उनले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिनेकि नहेपिने यसपटक देखाउनुपर्ने बताए ।

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहीताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली काँग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

महामन्त्री थापाले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआइएको प्रावधान मन्त्रालयले स्वीकृत भएपनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति पनि विरोध जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप