शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अरिङ्गालले टोकेर युवकको मृत्यु

बुधबार, १३ भदौ २०८०, १२ : १९
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् । 

अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।

भदौ १२ मा साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप