अरिङ्गालले टोकेर युवकको मृत्यु
बुधबार, १३ भदौ २०८०, १२ : १९
काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् ।
अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।
भदौ १२ मा साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण