भदौ १५ गते काठमाडौँ महानगरपालिकामा सार्वजनिक बिदा
बुधबार, १३ भदौ २०८०, १७ : ४४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमृत सम्पदाको संरक्षण गर्न संवत् २०६० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण