६० किलो सुनको सूचना संकलन गर्न डीएसपी नेतृत्वको टोली दिल्लीमा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्न सीआईबीले डीएसपी नेतृत्वको टिमलाई भारत पठाएको छ । डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)को समन्वयमा सूचना संकलनका लागि भण्डारी नेतृत्वको टिम भारत गएको हो । सुन अनुसन्धान टिममा दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि सहभागी छन् ।
काठमाडौँबाट गएको टिमले एसएसपी चतुर्वेदीसँग समन्वय गरेर काम गर्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भण्डारी भारत गएका हुन् ।
चतुर्वेदीले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ पठाएका थिए । बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो ।
सीआईबीले सूचना संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
अनुसन्धानका लागि इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालय मार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।
बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण