ट्रम्पका थप दुई समर्थकलाई लामो जेल सजाय
शनिबार, १६ भदौ २०८०, ०८ : ५८

अमेरिकी राजधानी क्यापिटल हिलमा जनवरी २०२१ मा भएको दङ्गाको सम्बन्धमा ट्रम्प समर्थक ‘प्राउड ब्वाइज’ मिलिसियाका थप दुई सदस्यलाई लामो सजाय सुनाइएको छ ।
इथान नोर्डेनलाई उनको भूमिकाको लागि १८ वर्षको जेल सजाय सुनाइएको छ । उनले आक्रमणको नेतृत्व गरिरहेको र लाउडस्पीकरमा नारा लगाइरहेको दृश्यलाई भिडियोमा कैद गरिएको थियो ।
यस्तै, डोमिनिक पेजोलालाई पनि शुक्रवार १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई हिंसात्मक प्रदर्शनका क्रममा सबैभन्दा उत्तेजित प्रदर्शनकारीको रूपमा वर्णन गरिएको छ ।
उनीमाथि सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा रोक्ने षड्यन्त्रको आरोप लगाइएको थियो ।
सजाय सुनाउनु अघि नोर्डेन संयमित देखिए जबकि पेज्जोलाले ‘ट्रम्प विजेता’ हुन् भनेर नारा लगाए ।
यसै हप्ता यो मिलिसिया समूहका अन्य दुई सदस्यहरूलाई लामो सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू