ट्रम्पका थप दुई समर्थकलाई लामो जेल सजाय
शनिबार, १६ भदौ २०८०, ०८ : ५८
अमेरिकी राजधानी क्यापिटल हिलमा जनवरी २०२१ मा भएको दङ्गाको सम्बन्धमा ट्रम्प समर्थक ‘प्राउड ब्वाइज’ मिलिसियाका थप दुई सदस्यलाई लामो सजाय सुनाइएको छ ।
इथान नोर्डेनलाई उनको भूमिकाको लागि १८ वर्षको जेल सजाय सुनाइएको छ । उनले आक्रमणको नेतृत्व गरिरहेको र लाउडस्पीकरमा नारा लगाइरहेको दृश्यलाई भिडियोमा कैद गरिएको थियो ।
यस्तै, डोमिनिक पेजोलालाई पनि शुक्रवार १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई हिंसात्मक प्रदर्शनका क्रममा सबैभन्दा उत्तेजित प्रदर्शनकारीको रूपमा वर्णन गरिएको छ ।
उनीमाथि सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा रोक्ने षड्यन्त्रको आरोप लगाइएको थियो ।
सजाय सुनाउनु अघि नोर्डेन संयमित देखिए जबकि पेज्जोलाले ‘ट्रम्प विजेता’ हुन् भनेर नारा लगाए ।
यसै हप्ता यो मिलिसिया समूहका अन्य दुई सदस्यहरूलाई लामो सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण