शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले लुम्बिनी अधिवेशन : सहमतिमा नेतृत्वमा छान्न ओलीको निर्देशन

आइतबार, १७ भदौ २०८०, ११ : ३३
आइतबार, १७ भदौ २०८०

बुटवल। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सहमतिमै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राखे । शनिवार उद्घाटन सत्रमा पनि ओलीले सहमतिमै जोड दिएका थिए । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा  जारी बन्द सत्रमा एउटा पद नहुँदैमा केही नबिग्रिने  बताउँदै ओलीले नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।  

‘नेतृत्वले पार्टी हित विपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, उनले भने । 

उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै उनले सबै नेता कार्यकर्ता दृढतापूर्वक अघि बढ्न आग्रह गरे । 

अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । 

अध्यक्ष ओलीले पार्टी भित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप