एमाले लुम्बिनी अधिवेशन : सहमतिमा नेतृत्वमा छान्न ओलीको निर्देशन
बुटवल। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको अधिवेशन अन्तरगत आइतबार बन्द सत्रमा बोल्दै ओलीले सकरभर सहमतिबाट नेतृत्व चयन गरिनुपर्ने धारणा राखे । शनिवार उद्घाटन सत्रमा पनि ओलीले सहमतिमै जोड दिएका थिए ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्द सत्रमा एउटा पद नहुँदैमा केही नबिग्रिने बताउँदै ओलीले नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।
‘नेतृत्वले पार्टी हित विपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, उनले भने ।
उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै उनले सबै नेता कार्यकर्ता दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।
अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।
अध्यक्ष ओलीले पार्टी भित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण