बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

आइतबार, १७ भदौ २०८०, १३ : ५६
आइतबार, १७ भदौ २०८०

भुवनेश्वर । उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । 

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप