उजुरी पर्यो भन्दैमा लेखा समितिको बैठकमा ल्याइहाल्नुपर्छ भन्ने पक्षमा छैन : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले उजुरी पर्ने बित्तिकै सार्वजनिक लेखा समितिको बैठकमा छलफलका लागि ल्याउन आवश्यक नरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा बोल्दै उनले समितिमा परेका उजुरी ठीक छ कि छैन फ्याक्ट चेक गरेर मात्रै समितिमा छलफल अगाडि बढाउनुपर्ने बताए।
सांसद बास्कोटाले भने,'उजुरी आयो भन्दैमा तरंगित भएर हैन तथ्यमा टेकेर अगाडि बढौँ । उजुरी पर्ने बित्तिकै समितिमा ल्याइहालौँ भन्ने पक्षमा छैन । समितिका सचिव वा सभापतिले फ्याक्ट चेक गरेर मात्र ल्याऔँ ।'
उनले महालेखा परीक्षकले वार्षिक प्रतिवेदन १८ पुराणजस्तो प्रतिवेदन दिने गरेको बताउँदै अगाडि दिनमा चुस्त दुरुस्त व्यवस्थित किसिमको प्रतिवेदनका लागि छलफल गर्नुपर्ने बताए ।
उनले लेखा समितिसँग सरोकार राख्ने मन्त्रालयका पूर्वमन्त्री तथा अघिल्लो कार्यकाल पनि रहेर दोहोरिएका सांसदहरू समितिमा नरहँदा उपयुक्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण