डा. चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई
मङ्गलबार, १९ भदौ २०८०, १९ : ०४
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस नेता डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् ।
उनीहरू मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेको कारागार प्रशासनले जनाएको छ ।
निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा. भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । डा. भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँदा घाइते भएर उपचार गराइरहेका छन् ।
डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्रोतले बतायो । दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।
खाण र डा. भण्डारी एउटै प्रदेशका भएपनि पार्टीभित्र फरक–फरक गुटका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण