डा. चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई
मङ्गलबार, १९ भदौ २०८०, १९ : ०४

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस नेता डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् ।
उनीहरू मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेको कारागार प्रशासनले जनाएको छ ।
निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा. भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । डा. भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँदा घाइते भएर उपचार गराइरहेका छन् ।
डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्रोतले बतायो । दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।
खाण र डा. भण्डारी एउटै प्रदेशका भएपनि पार्टीभित्र फरक–फरक गुटका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन