वडाको बुथ समितिसम्म पुग्ने लोसपाको तयारी
काठमाडौँ । आम निर्वाचन पछि सुस्त रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारी थालेको छ । जनकपुरधाममा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी संगठनको समीक्षा र सुधार आर स्क्वायर अभियान अन्तर्गत वडाको बुथ समितिसम्म पुग्ने अभियान थालेको जानकारी दिएका हुन् ।
पार्टीका नेताहरू पालिका, त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समीक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष सोनलले पार्टीले गर्न लागेको काम र ध्यानाकर्षण सम्बन्धनमा उनले नागरिकता ऐन लागू भएर जन्मसिद्धका सन्तानले नागरिकता पाउनु खुसीको विषय भए पनि आमाको नाममा नागरिकता पाउन अझै झन्झट र अवरोध रहेको विषयमा छिट्टै सो नियमावली जारी गरी सो समस्या समाधानका लागि पनि सरकारसँग माग गरे।
प्रहरी समायोजन÷समन्वय ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र सङ्घीयता माथि नै प्रश्न चिन्ह उठेको भन्दै संविधानले सुनिश्चित गरेको सो ऐन कार्यान्वयनका लागि माग गर्ने बताए । सुख्खा र बाढीबाट पीडित मधेसको समस्या समाधानका लागि स्थायी प्रकृतिको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोवासको नियमन गर्नुपर्ने माग छ ।
लोसपाले पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेसमा शुद्ध खानेपानीको समस्या विकराल हुँदै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तीन तहको सरकार मिलेर समाधानको काम गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण