शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वडाको बुथ समितिसम्म पुग्ने लोसपाको तयारी

मङ्गलबार, १९ भदौ २०८०, १९ : ३१
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । आम निर्वाचन पछि सुस्त रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारी थालेको छ । जनकपुरधाममा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी संगठनको समीक्षा र सुधार आर स्क्वायर अभियान अन्तर्गत वडाको बुथ समितिसम्म पुग्ने अभियान थालेको जानकारी दिएका हुन् । 

पार्टीका नेताहरू पालिका, त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समीक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष सोनलले पार्टीले गर्न लागेको काम र ध्यानाकर्षण सम्बन्धनमा उनले नागरिकता ऐन लागू भएर जन्मसिद्धका सन्तानले नागरिकता पाउनु खुसीको विषय भए पनि आमाको नाममा नागरिकता पाउन अझै झन्झट र अवरोध रहेको विषयमा छिट्टै सो नियमावली जारी गरी सो समस्या समाधानका लागि पनि सरकारसँग माग गरे। 

प्रहरी समायोजन÷समन्वय ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र सङ्घीयता माथि नै प्रश्न चिन्ह उठेको भन्दै संविधानले सुनिश्चित गरेको सो ऐन कार्यान्वयनका लागि माग गर्ने बताए । सुख्खा र बाढीबाट पीडित मधेसको समस्या समाधानका लागि स्थायी प्रकृतिको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोवासको नियमन गर्नुपर्ने माग छ ।

लोसपाले पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेसमा शुद्ध खानेपानीको समस्या विकराल हुँदै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तीन तहको सरकार मिलेर समाधानको काम गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप