अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्साबारे जानकारी गराउनु नेपालको कर्तव्य हो: अध्यक्ष नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्साका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका हुन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्साका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गरे । उनले यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए ।
उनले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पु¥याउन नसकेको बताए । अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण