चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनष्यता लगाउने गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उनले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने जोडदार माग गर्दछु ।’
उनले एउटा देशको राजदूतले हजारौँ वर्षदेखि नेपाल– भारत सम्बन्ध खलबल्याउने प्रयास स्वतन्त्र मुलुकका लागि सह्य हुन नसक्ने बताए । सांसद खानले राजविराज अस्पतालमा सिण्डिकेट खडा गर्ने अविलम्ब कारबाही वा सरुवा गर्न माग गरे । उनले यसबारे पटक पटक ध्यानाकर्षण गराएको भन्दै अब यसपट पनि नसुनिए संसदमै अनसन र धर्ना बस्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण