चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनष्यता लगाउने गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उनले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने जोडदार माग गर्दछु ।’
उनले एउटा देशको राजदूतले हजारौँ वर्षदेखि नेपाल– भारत सम्बन्ध खलबल्याउने प्रयास स्वतन्त्र मुलुकका लागि सह्य हुन नसक्ने बताए । सांसद खानले राजविराज अस्पतालमा सिण्डिकेट खडा गर्ने अविलम्ब कारबाही वा सरुवा गर्न माग गरे । उनले यसबारे पटक पटक ध्यानाकर्षण गराएको भन्दै अब यसपट पनि नसुनिए संसदमै अनसन र धर्ना बस्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो
-
गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद
-
यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
-
माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की
-
जसपा विभाजनपछि विप्लवको टिप्पणी : स्थिति चिन्ताजनक छ, परिस्थितिलाई सम्हालियोस्
-
नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त