सहमहामन्त्री यादवमाथिको आक्रमणले राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो : सभापति बानियाँ
बिहीबार, २१ भदौ २०८०, १९ : ३९
काठमाडौँ । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सभापति बानियाँले बिहीबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री यादवमा बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आपराधिक समूहद्वारा भएको धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले सह–महामन्त्री यादवलाई धारिलो हतियार प्रहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सभापति बानियाँले राजधानीको मुटु भृकुटीमण्डप जस्तो ठाउँमा सह–महामन्त्री यादवमाथि सांघातिक आक्रमण हुनु राज्यको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण