राधाकृष्ण रथ यात्रा सुरक्षित रूपमा सम्पन्न, भिडभाडको फाइदा उठाउने ५६ जना प्रहरी नियन्त्रणमा
शुक्रबार, २२ भदौ २०८०, ०७ : १४
मोरङ । प्रभावकारी प्रहरी परिचालनको कारण राधाकृष्ण रथ यात्रा मर्यादित एवम् सुरक्षित रूपमा सम्पन्न भएको छ ।
विराटनगरमा आयोजित रथयात्राको क्रममा भिडभाडको फाइदा उठाउने र विगतमा समेत विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका ४६ जना पुरुष र १० जना महिला (१९ जना नेपाली, ३७ जना भारतीय) समेत गरी जम्मा ५६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकोमा अनुसन्धान पश्चात् ५१ जनालाई आफन्तलाई जिम्मा लगाइएको छ ।
मोबाइल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका र महिलाहरूको ब्याग तथा पकेटमा हात हाल्दै गरेको अवस्थामा पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी रञ्जन कुमार दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण