नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा शिविर संचालन गरेका थिए । विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो ।
अब निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण