नेयमारले तोडे पेलेको कीर्तिमान
बेलेम । नेयरमाले पेलेलाई उछिन्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्वकप छनोट अन्तरगत बोलिभियाविरुद्ध ५–१ को जीत हासिल गर्ने क्रममा दुई गोल गर्ने नेयमारले यो कीर्तिमान बनाएका हुन् ।
अल–हिलालका फरवार्डले १२४ खेलमा ७९ गोल गरेका छन् । पेलेले सन् १९५७ देखि १९७१ को बीचमा ७७ गोल गरेका थिए । देशका लागि फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने महिला फुटबल टोलीकी मार्टाको नाममा छ । उनले १७१ खेलमा ११५ गोल गरेकी छन् ।
खेलको २४ औँ मा रियल मड्रिडका फरवार्ड रोड्रिगोले ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै राफिनाले टोलीको अग्रता दोब्बर बनाए ।
५३ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थपे । लगत्तै नेयमारले खेलमा आफ्नो पहिलो गोल गरे । ७८ औँ मिनेटमा भिक्टर अब्रेगोले बोलिभियाका लागि एक गोल फर्काएका थिए । तर खेलको इन्जुरी समयमा नेयमारले दोस्रो गोल गर्दै ब्राजिललाई शानदार जीत दिलाए ।
पेलेको गत डिसेम्बर २९ मा ८२ को वर्षको उमेरमा निधन भइसकेको छ । पेले फाउन्डेसनले उनको कीर्तिमान भंग गरेकोमा नेयमारलाई बधाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण