नेयमारले तोडे पेलेको कीर्तिमान

बेलेम । नेयरमाले पेलेलाई उछिन्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्वकप छनोट अन्तरगत बोलिभियाविरुद्ध ५–१ को जीत हासिल गर्ने क्रममा दुई गोल गर्ने नेयमारले यो कीर्तिमान बनाएका हुन् ।
अल–हिलालका फरवार्डले १२४ खेलमा ७९ गोल गरेका छन् । पेलेले सन् १९५७ देखि १९७१ को बीचमा ७७ गोल गरेका थिए । देशका लागि फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने महिला फुटबल टोलीकी मार्टाको नाममा छ । उनले १७१ खेलमा ११५ गोल गरेकी छन् ।
खेलको २४ औँ मा रियल मड्रिडका फरवार्ड रोड्रिगोले ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै राफिनाले टोलीको अग्रता दोब्बर बनाए ।
५३ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थपे । लगत्तै नेयमारले खेलमा आफ्नो पहिलो गोल गरे । ७८ औँ मिनेटमा भिक्टर अब्रेगोले बोलिभियाका लागि एक गोल फर्काएका थिए । तर खेलको इन्जुरी समयमा नेयमारले दोस्रो गोल गर्दै ब्राजिललाई शानदार जीत दिलाए ।
पेलेको गत डिसेम्बर २९ मा ८२ को वर्षको उमेरमा निधन भइसकेको छ । पेले फाउन्डेसनले उनको कीर्तिमान भंग गरेकोमा नेयमारलाई बधाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
-
एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश