आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

आइतबार, २४ भदौ २०८०, ११ : ५६
आइतबार, २४ भदौ २०८०

जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कफ्र्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छ ।

मलंगवा बजार क्षेत्रमा निषेधाज्ञा अवधिभर भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिंग गर्न नपाइने जनाइएको छ । गत शुक्रबार प्रत्येक वर्ष लाग्दै आएको कृष्णाष्टमी पूजा सम्पन्न भएपछि मूर्ति सेलाउन गर्न जाने बेलामा बाटोमा पर्ने मस्जिदस्थित मुस्लिम समुदायका केही व्यक्तिहरूले डुङ्गा र गरम पानी फालेपछि दुई पक्षबीच अवस्था तनावमय बनेको थियो । सो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कफ्र्यु जारी गरेको थियो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)(१)(३० बमोजिम जारी गरिएको कफ्र्यु हटाइएको छ । तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै आज बिहानबाट कफ्र्यु हटाए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(२)(१) र दफा ६(ख) को (१) (ग) बमोजिम आज ८ बजेदेखि २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

उनले मानव अधिकारको समान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन् । सार्वजनिक स्थानहरूमा हो हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकपालपहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गर्दै सामाजिक सद्भाव समेत कायम राख्न आग्रह गरेका हुन् ।

विवादको क्रममा दुई समुदायबीच झडप र ढुंगामुढा प्रहार भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउन्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो । बजारको अवस्था तनावमय बन्दा जारी भएको कर्फ्यु हटेपछि मानिसहरूको चहलपहल बढ्न थालेको छ । साथै मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न थालेको छ । 

nisedhagya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप