सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
गंगाबाट ल्याइएको माटोबाट मूर्ति बनाउँदै मूर्तिकार, तस्बिरहरु
फोटोफिचर

गंगाबाट ल्याइएको माटोबाट मूर्ति बनाउँदै मूर्तिकार, तस्बिरहरु

आइतबार, २४ भदौ २०८०

काठमाडौँ । चाडपर्व सुरु हुन लागेसँगै माटोका मूर्ति बनाउने कलाकार (मूर्तिकार) व्यस्त बन्न थालेका छन् । नेपालीका ठूला पर्व दसैँ तिहार नजिकिएसँगै कलाकाहरु माटोका मूर्ति बनाउन व्यस्त हुन थालेका हुन् । 

माटोका मूर्ति बनाउनेमा काठमाडौँको बागमती करिडोरमा रहेका कलाकारहरुमध्ये एक भारतको कलकत्ताबाट आएका दीपक हल्दार पनि  हुन् ।१२ जना काठमाडौँ आएका उनको समूहले 

करिडोर क्षेत्रमा विश्वकर्मा, गणेश र दुर्गाको मूर्ति बनाइरहेका छन् । रिसाइक्लिङ् सेन्टर नजिकैको खाली जग्गा भाडामा लिएर उनको टोली तिहारसम्म बस्नेछ । 

“हामीले मुर्तीहरु गंगा नदीमा पाइने माटोबाट बनाउँछौँ । भारतबाट यहाँ हामीले लरीबाट माटो ल्याउँछौँ । त्यहाँबाट यहाँ माटो ल्याउनको लागि २ दिन समय लाग्छ । यही माटोबाट हामीले विश्वकर्मा, दुर्गा, गणेशको मूर्ति बनाउँदैछौँ । यसका अलावा ग्राहकको आवश्यकता अनुसार हामी मूर्ति तयार पार्छौं,” हल्दारले रातोपाटीसँग भने ।  

करिब ३ महिना अगाडि नेपाल आएको हल्दारको समूहले कलकत्तामा पनि मूर्ति बनाउने काम गर्छ । उनको समूहले विभिन्न रंग र आकारका मुर्तीहरु बनाउने गरेको छ । असोज सङ्क्रान्ति परेको विश्वकर्मा पूजा र त्यसलगत्तै पर्ने गणेश चतुर्थीको लागि उनको टोलीले अहिले मूर्ति बनाइरहेको छ । बिहानदेखि बेलुकीसम्म पनि १२ जना पालैपालो मुर्तीमा रंग लगाउने, सजाउने र श्रृङ्गारको काम गर्ने गरेका छन् । माटो जस्तै मूर्ति सिंगार्नको लागि प्रयोग गरिने सामाग्री पनि भारतबाट नै ल्याइएको उनले बताए । 

“हामीले सबै सामग्री भारतबाट नै ल्याएका हौँ । यहाँ हामी आएको पहिलो पटक हो । भारतमा जस्तै नेपालमा पनि माटोका मूर्ति बनाएर पूजा गर्ने चलन छ त्यसैले पनि नेपाल हाम्रो रोजाइमा पर्‍यो,” टोलीका अर्का सदस्य राजा हज्रमले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया