भूकम्पपछि मोरक्कोका फुटबल खेलाडीको अनुकरणीय कार्य
काठमाडौँ । मोरक्कोमा शुक्रबार राति विनाशाकारी भूकम्प गएको थियो । भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।
तीन हजारभन्दा बढी गम्भीर घाइते भएका छन् । उद्धार र राहतको कार्य जारी राखिएको छ ।
थुप्रै भवनहरु ध्वस्त भएका छन् । अस्पताल र स्वास्थ्य संस्थाहरुमा ठाउँको अभाव भएपछि सार्वजनिक स्थलमा अस्थायी टेन्ड बनाएर घाइतेहरुको उपचार गरिँदै छ । मोरक्काबाट नजिक रहेका छिमेकी राष्ट्रहरुले उद्धार र राहतका लागि सहयोग सामाग्री उपलब्ध गराउन थालेका छन् ।
गम्भीर घाइतेहरुका लागि रगतको अभाव देखिएको छ । यस्तोमा मोरक्कोको राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु स्वतस्फुर्त रुपमा रक्तदानका लागि अगाडि आएका छन् । फुटबल खेलाडीहरुले शनिबार सामूहिक रुपमा रक्तदान गरेका छन् ।
फुटबल खेलाडीले सर्वसाधारणलाई पनि रक्तदान गरेर घाइतेको जीवन वचाउन आव्हान गरेका छन् । मोरक्कोका फुटबल खेलाडीहरुले सामाजिक सञ्जालमार्फत पनि रक्तदानका लागि सर्वसाधारणसँग अनुरोध गरेका छन् ।
फुटबल खेलाडीले आफूहरुले रक्तदान गरेको तस्बिर पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको आव्हानपछि सर्वसाधारण पनि रक्तदानका लागि अगाडि आउन थालेका छन् ।
रक्त सञ्चार केन्द्रका क्षेत्रीय निर्देशक अमान दुराइदले घाइतेहरुको उपचारका लागि रगतको अभाव भएको बताएका थिए । त्यसपछि राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु सामूहिक रुपमा रक्तदानका लागि रक्त सञ्चार केन्द्र पुगेका थिए ।
मोरक्कोले लाइबेरियासँग अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको छनोट खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, विनाशकारी भूकम्पपछि त्यो प्रतियोगिता पनि तत्कालका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण