साउदीमा मनाइयो तीज
सोमबार, २५ भदौ २०८०, ०९ : ३८
दोहा । साउदी अरबमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो ।
तीज विशेष कार्यक्रम दमामको सिको नजिकैको रोज गार्डेन होटलमा धूमधामले मनाइएको छ। कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । सबै मिलेर ती मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले जानकारी दिए ।
तीज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए । नेपाली चाडपर्व अनि साउदी जस्तो देशमा बसेर यसरी धूमधामसँग पर्व मनाउनु अत्यन्तै ठुलो उपलब्धि भएको उनको भनाइ थियो । कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण