इटहरीमा अब निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरी । इटहरीमा आजदेखि निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको छ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहान र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाइ छ ।
नगर प्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने बताए । ‘मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान इटहरी जानु नपरोस् भन्ने हो,’ प्रमुख पौडेलले भने
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख पौडेलले बताए । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण