नयाँ रेकर्ड बनाउँदै जवानले कमायो २ सय ८७ करोड
मुम्बई । शाहरुख खान अभिनित चलचित्रले बक्स अफिसमा एकपछि अर्को रेकर्ड तोडिरहेको छ । चलचित्रले आइतबार भारतमा सबै भाषाको संस्करणबाट खुद ८१ करोड भारतीय रुपैयाँ कमाई गरेको स्याकनिल्क डटकमले जनाएको हो ।
व्यापार विज्ञ मनोबाला विजयावालनकाका अनुसार चलचित्रले कूल ८५.१० करोड भारु कमाएको छ । जवानले भारतमा ७५ करोड भारुको ओपनिङ गरेको थियो जसमा हिन्दी भाषाबाट मात्र ६५.५ करोड कमाएको थियो । शुक्रबार ५३.२३ करोड कमाएको चलचित्रले शनिबार ७७.८३ करोड कमाएको थियो ।
आइतबार थप ८१ करोड कमाएसँगै चलचित्रको भारतमा मात्रै कूल आम्दानी २ सय ८७ करोड भारु पुगेको छ । स्याकनिल्कको रिपोर्ट अनुसार आइतबार हिन्दी शोमा जवानको अकुपेन्सी ७०.७७ प्रतिशत रहेको थियो भने तमिलमा ५३.७१ र तेलुगुमा ६८.७९ प्रतिशत रहेको थियो ।
मनोबाला विजयावालनका अनुसार भारतमा मात्रै चलचित्रले २८ लाख ७५ हजार ९६१ टिकट बिक्री गरेको थियो (ट्रयाक गरिएको शोअनुसार) । चौथो दिनमा कुन पनि बलिउड चलचित्रका लागि यो रेकर्ड हो । उनका अनुसार विश्वभरबाट जवानले कूल ५ सय करोडको आँकडा पार गरेको छ । एकै वर्षमा यो आँकडा पार गर्ने शाहरुख खान एक्लो कलाकार हुन् ।
एट्ली निर्देशित चलचित्रमा शाहरुखसहित नयनतारा, विजय सेथुपति, सुनिल ग्रोभर, सान्या मलहोत्रा, रिधि दोरालगायतको भूमिका रहेको छ । यसमा दीपिकाको पनि अतिथिका रुपमा भूमिका रहेको छ । –हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण