सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा
काठमाडौँ । नेपाल प्रहरीको सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ ।
बुधबार सीआईबीले गरेको पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत संजयसिंह थापाले तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको खुलेको बताए । साथै उनले त्यसका लागि सोझा नेपालीलाई फकाएर सुन आयात गर्न ७ वटा कम्पनी दर्ता गरेको देखिएको बताए ।
‘जसमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ । उनीहरुले ब्रेक प्याड लगाएका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ’, उनले भने, ‘अहिले रेडी ट्रेड प्रालीबाट ब्रेक प्याडमार्फत आएको आठ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ ।’ यो बाहेक अन्य ६ वटा कम्पनीबाट पनि लुकाइछिपाई आएको भन्ने कुरा आएको बताए । ‘त्यो समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्छ’, सीआइबीले भनेको छ ।
साथै सीआइबीले खासगरी चिनियाँ नागरिक तस्करीमा संलग्न भएको भन्दै उनीहरू हङकङ बसेर नेपाल आउने जाने गरेको देखिएको बताए । जसलाई प्रहरीले सङ्गठित अपराध अन्तर्गत संरचनागत तह खडा गरेको देखिएको बताए ।
‘त्यसमध्ये चिनियाँ नागरिक लीन भन्ने व्यक्तिले तीन वटा कम्पनीमार्फत तस्करी गरेको देखिन्छ । उनले हङकङको एयर कार्गोबाट सुन ल्याएको देखिन्छ’, सीआइबीले भनेको छ । त्यसरी आएको सुन थूक्पे छिरिङले व्यवस्थापन गरेको र उनलाई हर्कराज राईले सघाएको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण