प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको योजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को साथ रहने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को टोलीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा कोइकाको सहयोगको अपेक्षा गरेको बताए ।
लामो समयदेखि नेपाल र कोरियाबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ को गोरखा भूकम्प, कोभिड– १९ जस्ता समयमा पनि कोइकाले नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताए । गण्डकी प्रदेशको विकासका लागि कोरिया सरकार र कोइकासँगको साझेदारी महत्त्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे ।
कोइकाका उपाध्यक्ष ली युन योङले कोरियन सरकार र कोइका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको बताउँदै सहकार्य हुने धारणा राखे ।
गण्डकी प्रदेशको समस्यालाई सम्बोधन एवं त्यसका लागि प्रदेश सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा आफूहरू लागेको उनले बताए । कोइकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानसँगको सहकार्यमा प्रदेशसँग सहकार्य गर्ने तयारी गरेको छ ।
गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा कोइकाको नौ सदस्यीय टोली द्विपक्षीय भेटघाटका लागि गण्डकी प्रदेश आएको हो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटा लगायतले गण्डकी प्रदेश सरकार र कोइका बीचको साझेदारीलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण