नसीरुद्दीन शाहलाई गदर–२ का निर्देशकको जवाफ, ‘पहिला फिल्म हेर्नुहोस्, धारणा फेरिनेछ, दाबी गर्छु’
केही दिन अघि नसीरुद्दीन शाहले दिएको एक वक्तव्यले सोसल मिडियासमेत बलिउडमा पनि तहल्का मच्चाइरहेको छ । एक अन्तरवार्ताका क्रममा नसीरुद्दीनले गदर–२ र कश्मीर फाइल्सजस्ता फिल्म हिट हुने ट्रेन्डलाई खतरनाक बताएका छन् ।
यसबारे फिल्म गदर–२ का निर्देशक अनिल शर्माले एक भारतीय सञ्चार माध्यमसँग प्रतिक्रिया दिएका छन् । अनिल भन्छन्, ‘मैले नसीर साहबको त्यो कोट पढेँ । म चकित परेँ । नसीर साहबलाई त राम्रोसँग थाहा छ र उनलाई म कस्तो विचारधाराको हुँ भन्ने पनि थाहा छ । उहाँले यस्तो गदर–२ का लागि भनेको सुनेर मलाई साँच्चै नै पत्यार लागिरहेको छैन ।’
गदर–२ कुनै समुदायविरुद्ध छैन
अनिलले थपे, ‘म यो भन्न चाहन्छु कि गदर–२ कुनै पनि समुदायविरुद्ध छैन । न कुनै देशविरुद्ध नै छ । गदर एउटा यस्तो फिल्म हो जुन देशभक्तिले ओतप्रोत छ । त्यो एउटा सिक्वलको हिस्सा हो । यो पूर्ण रूपमा मसला फिल्म हो जुन मानिसहरूले वर्षौँदेखि हेर्दै आएका छन् । म त नसीर साहबलाई यो भन्न चाहन्छु कि एक पटक गदर–२ हेर्नुहोस्, तपाईंको वक्तव्य पक्कै पनि फेरिनेछ । मलाई त अहिले पनि लाग्छ कि उहाँले यस्तो कुरा भन्न नै सक्नु हुन्नँ । म उहाँको अभिनयको प्रशंसक हुँ । यदि उहाँले यस्तो भन्नुभएको छ भने म एक पटक फिल्म हेर्न आग्रह गर्छु । मैले सिनेमा मसलाको हिसाबले मात्रै बनाएको छु । यसमा मेरो कहिल्यै कुनै ‘पोलिटिकल प्रोपागान्डा’ छैन । यो कुरा नसीर साहबलाई राम्रोसँग थाहा छ ।’
के नाना पाटेकरको इशारा गदर–२ मा थियो ?
यस्तै अर्कोतर्फ नाना पाटेकरले पनि भ्याक्सिन वारको पत्रकार सम्मेलनमा हिट भएको फिल्ममाथि कटाक्ष गरेका थिए । कुनै पनि फिल्मको नाम नलिई नानाले आफूलाई फिल्मको स्क्रिप्टबाट वाक्क लागेका कारण बाध्य भएर फिल्मलाई बीचमा नै छोडेर आउनुपरेको बताए । नाना गदर–२ को प्रिमियरमा पुगेको बताइन्छ । त्यसैले पनि उनको इशारा अनिल शर्माको फिल्मतर्फ त छैन भनेर धेरैले प्रश्न सोधेका छन् । यसमा पनि अनिल भन्छन्, ‘यो त सम्भव नै छैन । उनले मेरो फिल्म पूरा हेरेर निस्किएका थिए । उनी त गद गद भएका थिए । उनले अरू कुनै फिल्मबारे कुरा गरेका थिए होलान् । ’
‘नानाले त हाम्रो फिल्ममा भोइसओभर पनि दिएका थिए । उनलाई त हाम्रो फिल्म भिन्न खालको लागेको थियो । उनलाई सन्नी र उत्कर्षको बन्डिङ पनि असाध्यै मन परेको थियो । तपाईं चाहनुहुन्छ भने उनलाई सोध्न पनि सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण