सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दराजले छिटो र भरपर्दो डेलिभरीका लागि लजिस्टिक प्रक्रियालाई सुधारको प्रयास गर्दै आएको छ : बिमल अर्याल

नेपाली उपभोक्ताहरूमा विद्युतीय व्यापारप्रतिको विश्वास बढ्दो रूपमा
बिहीबार, २८ भदौ २०८०, १४ : ४९
बिहीबार, २८ भदौ २०८०

लोकप्रिय अनलाइन सपिङ  दराज नेपालका चिफ अपरेटिङ अफिसर हुन् बिमल अर्याल । अर्यालसँग दराजको पछिल्लो गतिविधि, आगामी योजनाका साथै विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश-

नेपालमा ई-कमर्स सेवा डेलिभरीको हिसाबले चुनौतीपूर्ण छ। दराजले यति छोटो समयमा १०८ स्थानमा कसरी सेवा उपलब्ध गराउन सफल भयो ?

नेपाल जस्तो भौगोलिक  विविधतायुक्त देशमा १०८  भन्दा बढी सहरमा डेलिभरी सेवा बिस्तार गर्नु हाम्रो लागि ठुलो चुनौती थियो। यस दौरानमा हामीले विद्युतीय व्यापार सम्बन्धी धेरै कुरा बुझ्ने मौका पायौँ जसमा यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको महसुस भयो। नेपाल भरिका जनतालाई ई-कमर्सद्वारा जोड्न धेरै प्रयासहरू गर्न बाँकी नै रहेको छ। हामीले केहि वर्ष अघि मात्र २७ सहरमा डेलिभरी सेवा प्रदान गर्दै आएकोमा गत वर्ष ५० भन्दा बढी सहरहरूमा डेलिभरी सेवा प्रदान गर्न सफल भएका थियौँ। हालको अवस्थामा हामी १०८ भन्दा बढी ठाउँहरूमा डेलिभरी गर्दै छौँ । 

थुप्रै लजिस्टिक पार्टनरहरूसँगको साझेदारी मार्फत यो सम्भव भएको हो र हाल हाम्रा ५०% साझेदारहरू आफ्नो लजिस्टिक  व्यवस्थापनको लागि दराजको  नविनतम् प्रविधि प्रयोग गर्दछन् । यसै गरी हामी सेवा  बिस्तारको लागि आधार स्थापित गर्ने उद्देश्यका साथ लजिस्टिक समाधानहरूलाई अझ प्रभावकारी र ग्राहक केन्द्रित बनाउन, हाम्रा सबै लजिस्टिक साझेदारहरूसँग ज्ञान, र सिकाइहरू निरन्तर रूपमा आदान प्रदान गर्दछौँ। साथै देशभरी एक रूपको  मानकीकृत प्रक्रिया सेट गर्न हामी हाम्रो लजिस्टिक कार्यसम्पादन प्रदर्शनहरूको आवधिक रिभिउ गर्दछौँ र ग्राहक प्रतिक्रियाहरू एकीकृत गरी हाम्रो उत्पादन, प्रक्रिया र  ट्रेनीङ्ग भित्र एकीकृत गर्ने पनि गरेका छौँ । हामी सबै साझेदारद्वारा प्रदान गरिएको सेवा उत्कृष्ट होस् भन्ने हेतुले निरन्तर अनुगमन गर्छौ साथ साथै सेवाग्राहीबाट प्राप्त सुझावहरूलाई हाम्रो मानव संसाधनको क्षमतामा अभिवृद्धि, प्रक्रियागत सबलीकरण र नविनतम् सेवा र रणनीतिमा समावेश गर्दछौँ । 

आफ्ना सेवाका गन्तव्य बढाउने क्रममा हामी ग्राहकहरूका प्रतिक्रिया, साझेदारको उपस्थिति र हाम्रो पहुँचलाई मध्यनजर गर्दै भौगोलिक कठिनाइलाई चिर्दै अगाडी बढ्दै छौँ।

IMG_0111

दराज नेपालले २०८० मा के-कस्तो नयाँ पहलहरू सुरुवात गरेको छ? यसले नेपालको  विद्युतीय व्यापारको पृष्ठभूमिमा कस्तो भूमिका खेलेको छ?

दराज नेपालले २०८० मा थुप्रै महत्त्वपूर्ण पहलहरू कार्यान्वयन गरेको छ, जसले नेपालको विद्युतीय व्यापारको परिदृश्यमा महत्त्वपूर्ण योगदान प्रदान गरेको छ। दराजले आफ्नो प्लेट्फर्ममा गरेका प्रयासको फल स्वरुप  सुधार गरेकोले  मासिक सक्रिय  हाल  उपभोक्ताहरूको सङ्ख्या १७ लाख पुग्न सफल भएको छ | हामीले केहि वर्ष अघि मात्र २७ सहरमा डेलिभरी सेवा प्रदान गर्दै आएका थियौँ भने गत वर्ष ५० भन्दा बढी सहरहरूमा डेलिभरी सेवा प्रदान गर्न थालिसकेका थियौँ र अहिले हामीले १०० भन्दा बढी ठाउँहरूमा डेलिभरी गर्दै छौँ, दराजले आजको दिनमा देशभरका १०८ ठाउँहरूमा पहुँच बढाएको छ। हाम्रा ८५% बिक्रेता साना तथा मझौला उद्योग छन् भने, ३५% काठमाडौँ बाहिरका छन्, यसले उपत्यका बाहिर भेगका व्यवसायीलाई पनि सहरी बजारमा पहुँच पुर्याउन दराजले सहयोगी भूमिका खेली रहेको छ। यसका साथै, दराज नेपालमा  धेरै उपभोक्ताहरूको किनमेल अनुभवलाई मध्यनजर गर्दै १५ लाख भन्दा बढी वस्तुहरू सूचीकरण भएका छ र यो बढ्ने क्रम जारी छ।  दराज नेपालले आजको दिनमा देशभरका १८,००० विक्रेताहरूलाई सम्मिलित गर्न सफल भएको छ। 

यो वृद्धिले पुष्टि गर्दछ कि नेपाली उपभोक्ताहरूमा विद्युतीय व्यापारप्रतिको विश्वास बढ्दो रूपमा रहेको छ | यसले नेपालको विद्युतीय व्यापारको पहुँच, उत्पादन विविधता, र उपभोक्ताहरूको विश्वासलाई विस्तार गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निभाएको छ।

दसैँ र ११. ११ जस्तो ठुलो अभियानमा दराजले कसरी आफ्नो ग्राहकहरूले अर्डर गरेको सामानको छिटो र भरपर्दो डेलिभरी सुनिश्चित गर्छ? दराजले आफ्नो दैनिक परिचालन परिपूर्ण गर्नको लागि के कस्तो अटोमेसन पछ्याएको सुरु गरेको छ?

दराजले छिटो र भरपर्दो डेलिभरीका लागि आफ्नो लजिस्टिक प्रक्रियालाई निरन्तर सुधारको प्रयासहरु गर्दै आइरहेको  छ| दक्ष जनशक्तिको निर्दिश्टता, विश्वासिलो प्रणाली र प्रक्रिया, लजिस्टिक पूर्वाधार, प्रक्रियाहरुको आधुनिकिकरण र सवलीकरणको प्रयासहरुले नै हाम्रो सेवालाई भनेको समयमा प्रदान सहजीकरण गर्दछ।

Bimal headshot

हाम्रो लजिस्टिक पार्टनरहरुसँगको साझेदारी मार्फत हामीले दराजको लजिस्टिक प्रक्रियामा सामेल हुने सम्पूर्ण जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्दै लजिस्टिक पुर्वाधारहरुको उचित व्यवस्थापन पनि गर्दै अएका  छौँ | हामीले लजिस्टिक प्रक्रियाहरूलाई प्रयोगकर्ता मैत्री, झन्झटमुक्त र सरल बनाउन २०८० भरिनै योजना बनाई लगातार लागि परेका छौ जस अन्तर्गत हाम्रो लजिस्टिक प्रक्रियामा आधुनिक प्रविधिहरू जस्ता मानवरहित पारसल लिने काउन्टरको व्यवस्था गरेका छौँ, सेवाग्राहीहरुको उच्च चापलाई व्यवस्था गर्न व्यवस्थापन प्रणाली लागु गरेका छौँ। हाम्रो आन्तरिक प्रक्रियालाई छिटो छरितो बनाउन विभिन्न अटोमेशनको प्रक्रियाहरु अबलम्बन गरेका छौँ, जस अन्तर्गत अर्ध-स्वचालित वैज्ञानिक प्रविधिहरू छन्, जसले पार्सलहरुलाई गन्तव्य अनुरुप वर्गीकरण गर्न ठुलो सहयोग गर्छ। 

यो सँगै हामी निरन्तर रूपमा क्रेता तथा बिक्रेताहरूलाई प्याकेज अवस्थितिको बारेमा इमेल, पुस नोटिफिकेशन र एस एस एस को रूपमा सन्देश प्रवाह गर्छौ। अनि ढुवानीको प्रक्रिया अझै बिक्रेता मैत्री बनाउन प्रतिक्रियाहरू सङ्कलन गरी आफ्ना प्रक्रिया, जनशक्तिलाई परिमार्जन र सबल बनाउँछौँ। 

दराजको रिटर्न नीति  कस्तो छ? भनेजस्तो सामान नआएको खण्डमा के ग्राहकहरूले सजिलैसँग सामान रिटर्न गर्न सक्छन्?

दराजमा नि:शुल्क तथा सरल रिटर्न नीति छ जसमा ग्राहकहरूले सजिलैसँग आफूले भनेजस्तो सामान नआएमा  फिर्ता गर्न सक्दछन् | क्रेताको लागि अनलाइन किनमेल गर्दा एउटा प्रक्रियागत जटिलता भनेको सामान फिर्ता गर्नु हो । यस पक्रियालाई सहज बनाउने कार्य हाम्रो लागी महत्त्वपूर्ण छ । 

हामीसँग नि:शुल्क रिटर्न प्रक्रिया छ, जस अन्तर्गत दराज मल बाहेकका सामानहरूका लागि ७ दिन नि:शुल्क फिर्ता छ भने दराज मलका सामानहरूका लागि १४ दिन फिर्ता गर्ने प्रवन्ध रहेको छ।   ग्राहकहरूले निर्धारित समय भित्र आफ्नो रिटर्न प्रक्रिया सुरु गरेपछि आफ्नो अनुकूल फिर्ता गर्नु पर्ने सामान आफ्नै ठाउँबाट सङ्कलन गर्ने अथवा आफ्नो नजिक रहेको ड्रप अफ स्टेसनमा गएर सामान दिन सक्नेछन् । 

दराजले ग्राहकबाट सामान सङ्कलन गरेपछि त्यसलाई गुणस्तर नियन्त्रण प्रमाणीकरण प्रक्रियामा पठाउँछ | ग्राहकहरूको सामान गुणस्तर नियन्त्रण प्रमाणीकरण भएपछि पूर्ण रकम बैंक ट्रान्सफर अथवा दराज भाउचर मार्फत फिर्ता गरिनेछ |

एक पटक ग्राहकबाट सामानहरू प्राप्त भएपछि, त्यो समान गुणस्तर नियन्त्रण प्रमाणीकरण प्रक्रियामा जान्छ,जस अनुरुप ग्राहकको दाबी सदर भएमा पूर्ण रकम बैंक ट्रान्सफर मार्फत फिर्ता गरिनेछ या ग्राहकलाई दराज भाउचरको साथ फिर्ता गरिनेछ (जसलाई भविष्यका खरिदहरूमा प्रयोग गर्न सकिन्छ)। 

Ops

दराजले नेपालमा वातावरणमैत्री कार्यहरू सुचारु गर्नको लागि के कस्तो पहलहरू सुरु गरेको छ?

दराजको लागी अर्को महत्त्वपूर्ण पाटो भनेको पर्यावरण र वातावरण मैत्री पहलहरू पनि हुन्। हाम्रो देशभरिका दराज सञ्जालमा दुवै बिक्रेता र ग्राहकहरूले प्रयोग गरिएको प्याकेजिङ्गहरू हाम्रो सङ्कलन बिन्दुहरूमा छोड्न सक्छन् जहाँबाट सङ्कलित प्लास्टिकजन्य सामानहरूलाई  पुनः प्रयोग (recycle) गर्न पठाइन्छ। हामीले भाद्र २०७९ देखि मात्रै १५+ टन प्लास्टिक सङ्कलन गरी पुनः प्रयोगमा पठाएका छौँ। 

साथै  पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय डेलिभरीलाई प्रोत्साहन गर्न इलेक्ट्रिक स्कुटर प्रयोगमा ल्याएका छौँ। हाल हाम्रो डेलिभरी फ्लीट्को ३०% सवारीसाधन विद्युतीय सवारीसाधनमा परिवर्तन भएका छन् | यो सुरुवात काठमाडौँ, वीरगन्ज र पोखराबाट भएको छ भने आउँदो दिनहरूमा अन्य सहरमा पनि विद्युतीय सवारीसाधन प्रयोग हुनेछ | आगामी दिनमा पनि पहलहरूलाई निरन्तरता दिँदै दिगो विकासको बाटो पहलकदमी लिँदै जाने छौँ। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप