अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन
बिहीबार, २८ भदौ २०८०, १६ : ००
चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि चीन अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बनेको छ ।
तालिबानले झाओ जिङको नियुक्ति अन्य देशका लागि उसको सरकारसँग सम्बन्ध स्थापित गर्ने एक सङ्केत भएको बताएको छ ।
कुनै पनि अन्य देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबानको अफगानिस्तानमा थुप्रै मानवअधिकार उल्लङ्घनका लागि आलोचना गर्ने गरिन्छ ।
चीन ती देशमध्ये एक हो जसले तालिबान सरकारसँग कुराकानी सुरु गरेको छ ।
चीनको विदेश मन्त्रालयले बुधवार भनेको छ, ‘चीन अफगानिस्तानसँग कुराकानी र सहयोगलाई अघि बढाउन जारी राख्नेछ र देशप्रति उसको नीति स्पष्ट सुसङ्गत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण