नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको छ । विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।
महासंघले एक विज्ञप्ती जारी गर्दै आफूले उठान गरेका मागहरु मस्यौदामा नसमेटिएको जनाएको छ । देशभरका शिक्षक कर्मचारीहरुलाई असोज ३ गतेभित्र सडक आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन सर्कुलर जारी गरेको हो ।
महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता अनुसार ऐनमा नसमेटिएको जनाएका छन् । आन्दोलन सम्बन्धी जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विभिन्न समयमा सम्झौताहरु भएका थिए । संसद्मा पेश गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल रहेको महासंघले जनाएको छ ।
विधेयकले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको महासंघको ठहर छ ।
संविधान प्रदत्त गरेको ट्रेड युनियन अधिकार माथि समेत अङ्कुश लगाउन खोजेको उनीहरुको आरोप छ । नेपाली शिक्षक–कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित देखिएको महासंघको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?
-
बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो
-
‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)