रियल म्याड्रिडका तीन युवा खेलाडी पक्राउ
काडमाडौँ । स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन् । उनीहरुले नाबालिगसँग यौन सम्पर्क गरेको भिडियो वितरणका लागि प्रयोग गरेको मोबाइल फोन पनि प्रहरीले जफत गरेको छ । पक्राउ गरेका तीनैजना खेलाडीलाई न्यायालयले भने जमानतमा रिहा गरेको छ ।
ती नाबालिगको आमाले सेप्टेम्बर ६ तारिखमा दिएको उजुरीका आधारमा प्रहरीले खेलाडीलाई पक्राउ गरेको थियो । ती नाबालिगको उमेर १६ वर्ष रहेको समाचारमा जनाइएको छ । पक्राउ परेका युवा फुटबल खेलाडीले गत जुनमा ती नाबालिगको जानकारी बिना नै भिडियो रेकर्ड गरिएको बयान दिएका छन् ।
तीनैजना खेलाडी रियल म्याड्रिको युथ एकेडेमीको सदस्य हुन् । उनीहरु रियल म्याड्रिडको तेस्रो श्रेणीको क्लबको सदस्य पनि हुन् ।
ती तीनजनाका अतिरिक्त उक्त घटनामा अन्य खेलाडीको समेत सहभागिता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण