सुनौलो कछुवा ३५ लाखमा बेच्ने ‘डिल’ गर्दा ६ जना पक्राउ
शुक्रबार, २९ भदौ २०८०, २० : ४३
काठमाडौँ । दुर्लभ वन्यजन्तु सुनौलो कछुवा कारोबारमा संलग्न ६ जनालाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जयराम घिमिरे, रहर तामाङ, सुदर्शन राई, नारायण थामी, रुपक बस्नेत र उदयपुरका राजकुमार राई छन् ।
प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्री नेतृत्वको टोलीले कछुवासहित आरोपीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेमा बसेर आरोपीतहरुले ३५ लाखमा कछुवा बेच्ने ‘डिल’ गरेका थिए । उनीहरुलाई कछुवासहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाएको एसपी ढुंगेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण