सुनौलो कछुवा ३५ लाखमा बेच्ने ‘डिल’ गर्दा ६ जना पक्राउ
शुक्रबार, २९ भदौ २०८०, २० : ४३

काठमाडौँ । दुर्लभ वन्यजन्तु सुनौलो कछुवा कारोबारमा संलग्न ६ जनालाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जयराम घिमिरे, रहर तामाङ, सुदर्शन राई, नारायण थामी, रुपक बस्नेत र उदयपुरका राजकुमार राई छन् ।
प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्री नेतृत्वको टोलीले कछुवासहित आरोपीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेमा बसेर आरोपीतहरुले ३५ लाखमा कछुवा बेच्ने ‘डिल’ गरेका थिए । उनीहरुलाई कछुवासहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाएको एसपी ढुंगेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड