मानव बेचबिखन : पाँच वर्षमा एक हजार ६ सयको उद्धार
काठमाडौँ । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो ।
ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण