आर्सनलको संघर्षपूर्ण जीत, चेल्सी रोकियो
सोमबार, ०१ असोज २०८०, ०६ : ३५
लण्डन । आर्सनलले प्रिमियर लिगमा एभर्टनमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो ।
खेलमा लियान्ड्रो ट्रोसाडले खेलको ६९ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि आर्सनलले गुडिसन पार्कमा पछिल्ला ५ मध्ये ४ खेल गुमाएको थियो । तर, यसपटक भने टोली जीत हासिल गर्न सफल रह्यो ।
जीतपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाट आर्सनलको १३ अङ्क रहेको छ । यो सिजन जीतविहीन एभर्टनको मात्र १ अङ्क रहेको छ ।
उता, चेल्सीले भने आफ्नो निराश सुरुवातलाई कायम राख्दै बोर्नेमाउथसँग गोलरहित बराबरी खेलेको छ । चेल्सीले सुरुवाती पाँच खेलमा मात्र खेल जितेको छ । टोली ५ अङ्कसहित लिगको १४ औँ स्थानमा रहेको छ । बोर्नेमाउथको ३ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण