आर्सनलको संघर्षपूर्ण जीत, चेल्सी रोकियो
सोमबार, ०१ असोज २०८०, ०६ : ३५

लण्डन । आर्सनलले प्रिमियर लिगमा एभर्टनमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो ।
खेलमा लियान्ड्रो ट्रोसाडले खेलको ६९ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि आर्सनलले गुडिसन पार्कमा पछिल्ला ५ मध्ये ४ खेल गुमाएको थियो । तर, यसपटक भने टोली जीत हासिल गर्न सफल रह्यो ।
जीतपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाट आर्सनलको १३ अङ्क रहेको छ । यो सिजन जीतविहीन एभर्टनको मात्र १ अङ्क रहेको छ ।
उता, चेल्सीले भने आफ्नो निराश सुरुवातलाई कायम राख्दै बोर्नेमाउथसँग गोलरहित बराबरी खेलेको छ । चेल्सीले सुरुवाती पाँच खेलमा मात्र खेल जितेको छ । टोली ५ अङ्कसहित लिगको १४ औँ स्थानमा रहेको छ । बोर्नेमाउथको ३ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !