राज्यले नयाँबसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्छ : निरौला
काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मलका महाप्रबन्धक अमर निरौलाले सो कुरा बताएका हुन् । नयाँबसपार्कलाई आवश्यक सुरक्षा दिएर २४ सै घण्टा सञ्चालन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने उनको भनाई छ ।
“मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्, यसमा राज्यले आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्छ,” उनले भने । नयाँ बसपार्कबाट हाल देशभरका ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत हुँदै आएका छन् ।
काठमाडौँ महानगरपालिकासँग सम्झौता गरी विस २०५४ सालदेखि लोत्से बहुउदेश्यीय प्रालिले सञ्चालन गरेको नयाँ बसपार्कबाट हाल देशभर दैनिक ५०० भन्दा बढी सार्वजनिक बस तथा माईक्रोबस आवतजावत गर्दै आएका छन् ।
महाप्रबन्धक निरौलाले सरकारले विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरेजस्तै नयाँबसपार्कलाई समेत सञ्चालन गर्नसके मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कान्तिपुर मलले विगत १६ वर्षदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजनासमेत सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मलले रु एक हजारभन्दा बढी रकमको सामान खरीद गर्ने ग्राहलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।
उक्त पुरस्कार आगामी मङ्सीर ११ गते खोलेर विजयी घोषणा गरिने मलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण