गठबन्धन समाजवादका निम्ति बाधक होइन साधक हो : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादका निम्ति वर्तमान सत्ता गठबन्धन बाधक नभई साधक बनेको दाबी गरेका छन् । सोमबार पार्टी निकट नेवा: सङ्घको स्थापना दिवसलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् ।
‘समाजवादका निम्ति यो गठबन्धन बाधक होइन, साधक बनेको छ’, अध्यक्ष नेपालले भने, ‘कम्युनिस्ट पार्टीको प्रधानमन्त्री, लोकतन्त्रको आन्दोलनमा लामो योगदान गरेको कांग्रेस लोकतान्त्रिक आन्दोलनका साथमा रहेको तथा अन्य वामपन्थीले समेत गठबन्धनलाई साथ दिएकाले सरकार गठबन्धन टिकोस् भन्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबाट अलग हुने र सरकारबाट बाहिरिने कुरा अहिले गर्न नै नसकिने बताए ।
‘त्यसैले गठबन्धन र सरकारबाट बाहिर निस्कने भनेको यो पार्टीलाई समाप्त पार्ने षड्यन्त्र हो । यो भनेको दक्षिणपन्थीका सामु घुँडा टेक्ने अवस्थामा पुर्याउने कुरा मात्रै हो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । साथै उनले नेकपा एकीकृत समाजवादीमा अहिले बेग्लै उत्साहको सञ्चार भइरहेका छ । उनले कतिपय मानिसहरू निराश हुने गरे पनि त्यो निराशा आशामा बदलिने दाबी समेत गरे ।
उनले भने, ‘हामी गणतन्त्रको आन्दोलनमा लागेका बेलामा केही मान्छे र केही नेताको गीत नै के थियो भने गणतन्त्र नै आउँदैन । गणतन्त्रको कुरा बेकारको कुरा हो । यो सफल हुनेवाला छैन । बयल गाडा चढेर अमेरिका पुग्छु भनेर सोच्नु र राजतन्त्र ढाल्छु भनेर सोच्नु उस्तै उस्तै कुरा हो भनिरहे, गीत गाइरहे । हामीले वास्ता गरेनौ र गणतन्त्र ल्याइछाड्यौ । गणतन्त्र ल्याउने हामी नै हौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण