संविधानलाई असफल पार्ने षड्यन्त्रकाविरुद्ध एकगठ हुन आव्हान
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गरेको छ । संविधान दिवसका अवसरमा सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गरेका हुन् ।
अध्यक्ष केसीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संविधानसभाबाट संविधानको निर्माण आफैमा नयाँ परिघटना भएको बताउँदै त्यसलाई निस्तेज तुल्याउन विभिन्न प्रतिक्रियावादी शक्तिहरू क्रियाशील भइरहेको बताएका छन् ।
सङ्घीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध आफूहरूको गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको त्रिकोणात्मक आक्रमण भइरहेको समेत केसीले बताएका छन् । गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण यो खतरा देखापरेको उनको भनाई छ ।
अध्यक्ष केसीले भनेका छन् : ‘गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरूले प्रतिगामी दिशा दिनका लागि पुरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्त्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।’
उनले संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण