नागोर्नो–काराबाखमा युद्धविरामको घोषणा, ३२ जनाको मृत्यु
अजरबैजानको सेनाले नागोर्नो–काराबाख क्षेत्रमा आक्रामक कारबाही सुरु गरेको २४ घण्टाभित्रै आर्मेनियाली जातीय लडाकुहरूको सेना युद्ध विराम गर्न सहमत भएको छ । उनीहरुले रुसले तोकेका सर्तहरू स्वीकार गरेका छन् ।
एक दिन अघि, अजरबैजानले यहाँ आक्रमण गरेको थियो, जसलाई उनीहरूले ‘आतंकवाद विरोधी अभियान’ भन्ने गर्छन् ।
नागोर्नो–काराबाखका अधिकारीहरूले पछिल्लो द्वन्द्वमा ३२ जनाको मृत्यु भएको बताएका छन् । युद्ध विराममा स्थानीय सेनाबाट हतियारहरू पूर्ण रूपमा हटाउने र आर्मेनियाली सुरक्षा बलको फिर्ती समावेश छ ।
नागोर्नो–काराबाख क्षेत्रका अधिकारीले सङ्ख्या र हतियारमा उच्च भएकाले ‘आफ्ना शत्रुको हातबाट’ आफूहरूले घाटा बेहोरेको बताउँछन् । यस क्षेत्रमा केही महिनादेखि तनाव जारी छ ।
नागोर्नो–काराबाखको अधिकांश जनसङ्ख्या आर्मेनियाली मूलका छन्, तर अन्तर्राष्ट्रिय विश्वले यस क्षेत्रलाई अजरबैजानको भागको रूपमा मान्यता दिन्छ । यी दुवै देश दक्षिण काकेशस क्षेत्रमा अवस्थित छन्, जुन पूर्वी युरोप र एसियाको पहाडी क्षेत्र हो । यसको एकातर्फ ब्ल्याक सी छ भने अर्कोतर्फ क्यास्पियन सागर छ ।
अजरबैजान र आर्मेनियाबीच तीन वर्षअघि पनि लामो सङ्घर्ष चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण