इजरायली सेनाको कारबाहीमा ६ प्यालेस्टाइनीको मृत्यु
बुधबार, ०३ असोज २०८०, २० : ३३
गाजा । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक र गाजा पट्टीमा छ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।
जेनिन शरणार्थी शिविरमा मंगलबार रातिको गरिएको सैन्य आक्रमणमा मारिएका चारमध्ये तीन जनाको अन्त्येष्टि गरिएको छ । यससमा ३० जना घाइते भएका छन् ।
बुधबार बिहान जेरिकोमा इजरायली सेनाको आक्रमणको क्रममा अर्का एक युवा प्यालेस्टाइनीको मृत्यु भएको थियो । मङ्गलबार साँझ गाजा(इजरायल सीमा नजिकै भएको हिंसात्मक प्रदर्शनका क्रममा छैटौँ प्यालेस्टाइनीको मृत्यु भएको थियो।
प्यालेस्टिनी विद्रोहीहरूको गढ रहेको जेनिन क्याम्पमा मंगलबार राति भीषण लडाइँ भएको थियो । त्यहाँ इजरायली सेनाले गत जुलाईमा वर्षौँपछि सबैभन्दा ठुलो अपरेसन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण