सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–सिक्किम मैत्रीपूर्ण पिकलबल टुर्नामेन्ट सम्पन्न

बुधबार, ०३ असोज २०८०, २१ : ५२
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । पिकलबल एसोसिएशनको आयोजनामा नेपाल सिक्किम फ्रेन्डसिप टुर्नामेन्ट–२०२३ सम्पन्न भएको छ । काठमाडौँको बौद्धस्थित स्नोल्याण्ड स्पोर्टस एकेडेमीमा २ दिनसम्म भएको प्रतियोगितामा ब्वाइज सिंगल, ब्वाइज डबल, मिक्स डबल, गल्र्स सिंगल र गल्र्स डबल खेल भएको थियो ।

प्रतियोगीतामा नेपाल र सिक्किमबाट १ सय ५० जना खेलाडी सहभागी भएको पिकलबल एसोसिएसनका अध्यक्ष सौरभ भण्डारीले रातोपाटीलाई बताए । ब्वाइज सिंगलतर्फ फाइनलमा सिक्किमका क्रिष लेप्चाले स्वर्ण, नेपालका किरण खनालले रजत र समीर पोखरेलले कास्य पदक जितेका छन् ।

ब्वाइज डबलतर्फ सिक्किमका पुन्दिम र क्रिषले स्वर्ण पदक हात पारे । नेपालका खेलाडी समिर र सुवर्णले रजत र नेपालकै किरण र सौरभ तथा राज र राजेशले कास्य पदक जितेका छन् ।

गर्ल्स सिंगलतर्फ सिक्किमका प्रीतिकाले स्वर्ण पदक जित्न सफल भइन् । नेपालकी चन्द्राले रजत र सिक्किमकी प्रशिकाले कास्य पदक जितिन् । गर्ल्स डबलमा नेपालका प्रजुना र निकिताले स्वर्ण पदक हात पारे । नेपालकै स्वस्तिका र चन्द्राले रजत र सिक्किमकी दिपा र पासाङले कास्य पदक जितेका छन् ।

मिक्स डबलतर्फ सिक्किमका प्रतिका र पुन्दिमले स्वर्ण पदक जिते । सिक्किमकै अभिनब र पासाङले रजत पदक जितेका छन् । नेपालका सौरभ र स्वस्तिकाले कास्य पदक जितेका छन् । सिक्किमसँगको मैत्रीपूर्ण खेलामा नेपालले कुल १६ पदक जितेको छ ।

जुनियरतर्फ अन्तर विद्यालय स्तरीय खेलमा एनसीसीएस धुम्बाराही, क्याम्पियन स्कुल नक्साल र काव्य स्कुल बानेश्वरका खेलाडीले पदक जितेका छन् । प्रतियोगिताको उद्घाटन पूर्व उप–प्रधानमन्त्री कमल थापाले गरेका हुन् । प्रतियोगितमा न्यू लक्ष्मी ज्वेलर्स बेलायत, फ्रुट एग्रो प्रालि काठमाडौँ र जिरो टु वान कन्सल्टेन्सी चावहिलले प्रायोजन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप