जमुनाह नाकामा सुरक्षा सतर्कता
राँझा । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
“अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड बढेको छ”, विष्टले भने, “सीमानाकामा लुटपाट हुन नदिन र सहजरुपमा आवतजावतका लागि हरदम प्रयास गरिरहेका छौँ ।” भारतीय सुरक्षाकर्मीले आवागमनमा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र नभएर अलपत्र परेका नेपालीलाई रुपैडिहा पुगेर भनसुन गरी नेपालतर्फ आउने वातावरणसमेत बनाउने गरेको उनको भनाइ छ ।
अहिले सीमावर्ती भारतीय बजार रुपैडिहा जान अनिवार्य परिचयपत्रको व्यवस्था गरिएकाले नेपाली उपभोक्ताले सास्ती व्यहोर्दै आएका छन् । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यकपर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।
बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट तथा सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने गरेका छन् । सीमा क्षेत्रमा चाडपर्वका बेलामा लुटपाटका घटनासमेत हुने भएकाले सुरक्षा सतर्कता आवश्यक रहेको स्थानीय नागरिक अगुवा तेजविक्रम शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण