अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउनुपर्छ : सांसद बराल
शुक्रबार, ०५ असोज २०८०, १४ : ३७
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरुको अध्ययन जरुरी रहेको बताएकी छन् ।
शुक्रकार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । उनले बढी नेपालीहरु रहेको देशमा रहेका नेपाली दूतावासहरूमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गरिन् । उनले सम्बन्धित देशमा नेपालीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् ।
सांसद बरालले विदेशस्थित दूतावासहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण