आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक उपार्जनमा युवाहरूलाई जोड्नु पर्ने बताएका छन् । बागमती प्रदेश युवा परिषदको आयोजनामा आज हेटौँडामा प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले युवाहरूलाई कृषि उत्पादनमा जोड्दै आर्थिक विकासमा अग्रसर गराउनु पर्ने बताए ।
कृषि क्षेत्रमा युवाहरुको संलग्नता बढाएर आर्थिक उपार्जनमा जोड्ने सरकारको तयारी रहेको उनले बताए । युवाहरूलाई कृषि क्षेत्रमा तालिम र रोजगारी सृजनामा सरकारको जोड रहेको उनको भनाई छ । उनका अनुसार हरेक स्थानीय तहमा तालिम दिएर युवालाई कृषि उत्पादनमा जोड्ने सरकारको योजना रहेको छ ।
युवाहरूलाई आवश्यक तालिम दिएर स्वरोजगार बनाउने र रोजगारीमा जोड्दै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने पहल सरकारबाट भइरहेको उनले बताए । युवाहरूलाई स्वदेशमा नै टिकाउने आधुनिक कृषि प्रणालीको विकास गर्दै युवाहरूलाई सहभागी गराउन सरकारले योजना बनाइरहेको उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार सक्रिय रहेको बताए ।
‘प्रदेशलाई खाद्यान्न तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समुदायमा आधारित कृषि उत्पादनमा जोडने तयारी भइरहेको छ । उत्पादनमा आधारित भएर अनुदान दिने र खाद्यान्नमा आत्म निर्भर बनाउने अभियानमा सरकार अघि बढेको छ ।’ उनले भने, ‘कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी आर्थिक सहायता उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण