चुनौती मोलेर ‘परदेशी २’ अभिनय गरेँ – प्रकाश सपुत
काठमाडौँ । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । शुक्रवार चितवनका पत्रकारहरूमाझ कलाकार सहित उपस्थित उनले फिल्म सबैले हेर्नुपर्ने बनेको दाबी गरे ।
‘परदेशी’ र ‘परदेशी २’ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु बिल्कुलै फरक रहेको छ’ उनले भने– ‘फिल्मको कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाइलाई दुरुस्तै उतारेको छ । जुन अहिलेसम्म फिल्ममा नआएको विषय हो ।’ रायमाझीले यस अगाडि दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ हिट दिएका छन् । यो फिल्म पनि दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको उनले सुनाए ।
कार्यक्रममा गायक तथा फिल्मका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेकोले आफू जोडिएको बताए । गीत संगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र ‘परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर आबद्ध भएको उनको भनाई थियो ।
‘नारायण सर र म गीत संगीत कै भएकाले काम गर्न त्यति असहज भएन’ सपुतले थपे ।
फिल्ममा आफूले एउटा बिदेसिने विद्यार्थीको भूमिका निर्वाह गरेको जानकारी दिए । परदेश हुँदा घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरूलाई फिल्ममा चित्रण गरिएको छ ।
अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । फिल्ममा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो । तर उसँग जोडिएको उसको प्रेमलाई पनि फिल्ममा देखाएको छ । फिल्मले देशमै गरे यही सुन फल्छ भन्ने निर्देशन समेत दिने उनले जानकारी दिइन् ।
फिल्ममा प्रकाश र केकीको अलवा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।
अष्ट महर्जनको द्वन्द्व, श्याम श्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको फिल्म युनिट बिहीबार र शुक्रवार चितवनमा केही कलेजहरूमा पुगेर प्रचार समेत गरेको छ । चितवनमा पत्रकार र फिल्मकर्मीको भेटघाटको अवसर चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष गोविन्द अर्याल जुराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण