बालकृष्ण खाणलाई भेट्न कारागार पुगे शेखर कोइराला
शनिबार, ०६ असोज २०८०, १४ : १६
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले शनिबार बिहान करिब ९ बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागारका एक जना अधिकृतले जानकारी दिए ।
पछिल्लो समय खाण सभापति शेरबहादुर देउवासँग रुष्ट रहेको बताइन्छ । खाणलाई आफ्नो पक्षमा पार्न सके पार्टीको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन सकिने कोइरालाको बुझाई देखिन्छ ।
यसअघि भदौ १३ गते पनि कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण