सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल

आइतबार, ०७ असोज २०८०, १२ : ५३
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन् । 

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आज काठमाडौँमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । 

उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । उनले एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । 

उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए ।  यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनको भनाइ थियो । 

टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप