नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति एमाले सांसदको आपत्ति
काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन् ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन् । अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गरे । उनले माओवादीबाट नेपाली सेनामा आएकाहरुलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रुपले काखि पनि च्याप्नु नहुने बताए ।
उनले भने, ‘कुनै नजिर आजसम्म थिएन नेपाली सेनामा यसरी राजनीतिककरण गरिएको । यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दाखेरी उहाँ सहायक रथी हुनुहुन्थ्यो प्रक्रियाबाट केही आपत्ति थिएन । माओवादी पृष्ठभुमिबाट आएको जो समायोजन भएका छन् नेपाली सेनामा उनीहरुलाई पक्षपात गरिनु हुँदैन । तर पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरुलाई विशेष रुपले काखि च्याप्ने काम गरेर सेनामा अरुको मनोबल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन । रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ ।’
दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण