सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति एमाले सांसदको आपत्ति

आइतबार, ०७ असोज २०८०, १४ : ३५
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन् । 

आइतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन् ।  अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गरे । उनले माओवादीबाट नेपाली सेनामा आएकाहरुलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रुपले काखि पनि च्याप्नु नहुने बताए । 

उनले भने, ‘कुनै नजिर आजसम्म थिएन नेपाली सेनामा यसरी राजनीतिककरण गरिएको । यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दाखेरी उहाँ सहायक रथी हुनुहुन्थ्यो प्रक्रियाबाट केही आपत्ति थिएन । माओवादी पृष्ठभुमिबाट आएको जो समायोजन भएका छन् नेपाली सेनामा उनीहरुलाई पक्षपात गरिनु हुँदैन । तर पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरुलाई विशेष रुपले काखि च्याप्ने काम गरेर सेनामा अरुको मनोबल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन । रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ ।’

दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप