आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल म्यापले गलत बाटो देखायो, ज्यानै गुम्यो, पीडित परिवारद्वारा मुद्दा दायर

आइतबार, ०७ असोज २०८०, २० : ३२
आइतबार, ०७ असोज २०८०

क्यारोलिना । अमेरिका निवासी फिलिप प्याक्सनको परिवारले उनको मृत्युको लागि गुगललाई जिम्मेवार ठहराएको छ । गुगल म्याप्सले नौ वर्षअघि भत्केको पुलमा गाडी चलाउन आग्रह गरेको परिवारको आरोप छ ।

गुगलले नक्सा अपडेट नगरेको र यही लापरवाहीका कारण फिलिपले ज्यान गुमाएको उनीहरुको भनाइ छ । फिलिपको सन् २०२२ मा उत्तरी क्यारोलिनाको हिकोरीमा भत्किएको पुलमा गाडी चलाउँदा त्यहाँबाट खसेर मृत्यु भयो।

गुगलका प्रवक्ताले कम्पनीले पीडित परिवारको आरोपमाथि अनुसन्धान गरिरहेको बताएका छन् । यता परिवारले अहिले गुगलविरुद्ध मुद्दा नै हालेको छ । यस विषयमा सेप्टेम्बर १९ मा वेक काउन्टी सिभिल अदालतमा मुद्दा दायर गरिएको थियो ।

फिलिपका दुई छोरी छन्। छोरीको ९ औं जन्मदिनको पार्टीका लागि उनले साथीको घरबाट कार लिएर गएको र त्यस क्षेत्रसँग परिचित नभएकाले गुगल म्यापको सहारा लिएको परिवारको भनाइ छ ।

परिवारका वकिलका अनुसार अँध्यारो र वर्षाबीच सावधानीपूर्वक सवारी चलाउँदा उनले गुगल म्यापको नक्साबमोजिम निर्देशन पालना गर्दै पुरानो पुलमा गाडी लगेका थिए तर गाडी त्यहाँबाट  तल खसेको थियो । पुल सन् २०१३ सालमा नै भाँचिएको वकिलको भनाइ छ । त्यसपछि स्थानीयले अनलाइन नक्सा परिवर्तनका लागि गुगलमा पटकपटक सम्पर्क गरे पनि हुन सकेको थिएन ।

गुगलका प्रवक्ताले समाचार एजेन्सी एपी न्युजलाई भने, ‘प्याक्सन परिवारप्रति हाम्रो गहिरो समवेदना छ। हाम्रो उद्देश्य नक्सामा सही जानकारी उपलब्ध गराउनु हो र हामी यस विषयमा समीक्षा गरिरहेका छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप