एसियाली खेलकुद : दोस्रो चरणमा पराजित भए टेनिस खेलाडी प्रदिप खड्का
सोमबार, ०८ असोज २०८०, १० : ५४
काठमाडौँ । १९ औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा पराजित भएका छन् । पुरुष एकलतर्फको सोमबार भएको दोस्रो चरणको खेलमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् ।
जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराए । प्रदिपले जापानी खेलाडी सिनतारोलाई गतिलो चुनौति दिएका थिए । पहिलो सेटको खेलमा प्रदिपलाई हराउन सिनतारोले निकै संघर्ष गर्नुपर्यो ।
पहिलो सेटको खेल ५४ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १९ मिनेटमा सकिएको थियो । उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए ।
प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण