एसियाली खेलकुद : दोस्रो चरणमा पराजित भए टेनिस खेलाडी प्रदिप खड्का
सोमबार, ०८ असोज २०८०, १० : ५४

काठमाडौँ । १९ औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा पराजित भएका छन् । पुरुष एकलतर्फको सोमबार भएको दोस्रो चरणको खेलमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् ।
जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराए । प्रदिपले जापानी खेलाडी सिनतारोलाई गतिलो चुनौति दिएका थिए । पहिलो सेटको खेलमा प्रदिपलाई हराउन सिनतारोले निकै संघर्ष गर्नुपर्यो ।
पहिलो सेटको खेल ५४ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १९ मिनेटमा सकिएको थियो । उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए ।
प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस
-
पक्राउ पुर्जीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा
-
सुदूरपश्चिममा उत्पादित माछाले ७५ प्रतिशत माग धान्दै
-
माओवादीको विशेष अभियान : उपचारमा सहयोग
-
‘नेपाल–भारत सम्बन्धलाई चीनसँग तुलना गर्न मिल्दैन’
-
सुन तस्करी जाँचबुझ आयोगले लिन थाल्यो प्रतिवादीहरूको बयान