भारत : दलित महिलालाई निर्वस्त्र घुमाएर पिसाब पिलाएको आरोप

भारतको बिहारस्थित पटना जिल्लामा एक साहूकार र उनका सहयोगीले दलित महिलालाई निर्वस्त्र पारेर कुटपिट गरेको र पिसाब पिलाएको आरोप छ ।
ऋण तिर्दा पनि साहूले महिलासँग थप पैसाको ‘अनावश्यक’ माग गरेको आरोप छ । यसबारे महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार एक प्रहरी अधिकारीले मुख्य अभियुक्त प्रमोद सिंह र उनका छोरा अंशु सिंह फरार रहेको बताएका छन् । उनको गिरफ्तारीको लागि छापा मारी सुरु गरिएको छ ।
घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ । उधारोको रकम ब्याजसहित तिर्दा पनि यस्तो दुर्व्यवहार भोग्नुपरेको महिलाको आरोप छ ।
के भनिन् महिलाले ?
ती महिलाले भनिन्, ‘मेरो श्रीमानले केही महिनाअघि प्रमोद सिंहसँग १५ सय रुपैयाँ ऋण लिएर ब्याजसहित फिर्ता गरेका थिए । तर, उनीहरूले थप पैसा मागेका थिए जुन हामीले दिन मानेनौँ ।’
यो घटना शनिवार राति पटनाको खुसरुपुर थाना क्षेत्र अन्तर्गतको एउटा गाउँमा भएको हो ।
प्रमोद सिंहले फोनमा महिलालाई पैसा नदिए गाउँमा नग्न पारेर घुमाउने धम्की दिएका थिए । महिलाले यसबारे प्रहरीमा उजुरी गरेकी थिइन् ।
महिलाका परिवारका सदस्यले पत्रकारलाई भने, ‘उजुरीबारे सोधपुछ गर्न प्रहरीको टोली शनिवार गाउँ गएको थियो, जसले प्रमोद र उनका साथीलाई आक्रोशित बनाएको थियो । शनिवार राति करिब १० बजे प्रमोदका केही व्यक्ति महिलाको घर गएर जबरजस्ती प्रमोदको घरमा लगे । ’
त्यहाँ महिलालाई कुटपिट गरेर यातना दिएको आरोप छ ।
प्रहरीलाई दिएको बयानमा महिलाले भनिन्, ‘प्रमोदले आफ्नो छोरालाई मेरो मुखमा पिसाब फेरिदिन भने र उनीहरुले पनि त्यसै गरे । म केही गरी बाँचेर घर फर्किएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै