एसियाली खेलकुदको उसुमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन
सोमबार, ०८ असोज २०८०, १७ : २४
काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको उसुको थाउलोअन्तर्गत महिला छाङ्छ्वान स्पर्धामा नेपाली खेलाडी सुस्मिता तामाङ आठौं भएकी छन् ।
उनी प्रतिस्पर्धामा सहभागी ११ खेलाडीमध्ये आठौं भएकी हुन् । उनले ९.४१० अंक जोडेकी थिइन् । थाउलोकै पुरुष ताजिक्वान स्पर्धामा नेपाली खेलाडी पासाङ शेर्पा अन्तिम स्थानमा रहे ।
उक्त स्पर्धामा १८ जना खेलाडी सहभागी थिए । उनले ९.०१३ अंक स्कोर गरेका थिए ।
अर्को स्पर्धा ताइजिजियानमा पनि प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औँ स्थानमा रहे । उनले ८.९७३ अंक ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण